![]()
काठमाडौं । नेपालले एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सोमबार थाइल्यान्डसँग प्रतिष्पर्धा गर्दैछ ।
नेपाल रहेको समुह ए मा थाइल्याण्डसँगै सिंगापुर भुटान रहेका छन । गत महिना सिंगापुरमै भएको आइसीसी यू १९ विश्वकप छनोटको दुवै खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । नेपालले बुधबार भुटान तथा बिहिबार सिंगापुरसँग खेल्नेछ ।
यस्तै समूह बी मा आयोजक मलेसिया, हङकङ, चीन र म्यानमार छन् । नेपालका प्रशिक्षक बिनोद दासले प्रतियोगितामा मलेसिया र सिंगापुर बलिया टोली भएपनि उनीहरुलाई हराउने क्षमता नेपाली टोलीमा रहेको बताएका छन । कप्तान दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बन्ने योजनासहित खेल खेल्ने बताए ।
यस्तो छ नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन ।


