![]()
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै ११औं पटक आमरण अनसन बसेका चिकित्सक डा. गोविन्द केसीले अब आफनो ध्यान आयल निगमका प्रमुख गोपाल खड्का र आन्तरिक राजस्व विभागका निलम्बित प्रमुख चूडामणि शर्मालाई बनाउने स्पष्ट पारेका छन ।
बुधबार विज्ञप्ति निकाल्दै डाक्टर केसीले आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणबिरुद्ध आन्दोलन गर्ने बताएका छन । उनले सरकारले नै भ्रष्टाचार र लुटतन्त्रलाई बढावा दिएको आरोप लगाएका छन ।
सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना भएको उनको भनाई छ ।
डा. केसीले बुधबार गर्ने भनिएको अनसन भने स्थगित गरेका छन् ।


