![]()
काठमाडौं । जिल्ला अदालत काठमाडौले नेपाल आइडलविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छ । अदालतले मुद्दाको किनारा नलागेसम्म भोट गणना गर्ने कार्य नगर्न नगराउन पनि आदेश दिएको छ ।
आइडलविरुद्व ज्ञानमणि न्यौपानेले मुद्दा दर्ता गराएका थिए । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनी मुद्दाको ढुंगो लगाउने निर्णय गरेको हो ।
अदालतले भदौ २३ गते १० बजे सक्कल फाइल तथा विवरण लिइ अदालतमा उपस्थित हुनु निर्देशन दिएको छ । न्यौपानेले आइडलका जजहरुले मनपरि ढंगले पुनः भोट आह्वान गरेको भन्दै सो निर्णयमा रोक लगाउन माग गर्दै मुद्दा दर्ता गराएका थिए ।


