Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बीपीको अनुयायी हुन पाउँदा गौरवान्वित छु : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको अनुयायीका रुपमा देशको प्रधानमन्त्री हुन पाउँदा आफूले गौरवान्वित अनुभव गरेको बताउनु भएको छ ।

‘जननायक’ बीपी कोइराला स्मृति ट्रष्टले बुधबार राजधानीमा गरेको बीपीसाहित्य सम्मान र बीपी सेनानी सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री देउवाले भने ‘ वीपीले राजनीतिक, साहित्यक, सामाजिक आदि क्षेत्रमा गरेको योगदानको खोज र अनुसन्धान गर्नु जरुरी छ ।’

प्रधानमन्त्री देउवाले बीपीका धेरै दार्शनिक र साहित्यक कृतिहरु खोज अनुसन्धान गरी प्रकाशन गर्न जरुरी भएको धारणा राख्नुभयो ।
कार्यक्रम प्रधानमन्त्री देउवाले यस वर्षको बीपी साहित्य सम्मानबाट प्राध्यापक अभि सुवेदीलाई र बीपी सेनानी सम्मान कांग्रेस नेता तीर्थराज शर्मा ज्ञवाली ‘चैतु’लाई प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed