![]()
काठमाडौं । पत्रकार ऋषि धमलाले आफनी पत्नी एलिजा गौतमलाई फिल्मको नायिक बनाउने भएका छन । गीत, संगित, नृत्य, मनोरञ्जनमा रुची राख्ने एलिजाले लामो समयदेखि फिल्म खेल्ने रुची राखिरहेकी थिइन ।
रिपोर्टस क्लबमै पत्रकार सम्मेलन गरी पत्रकार धमला र एलिजाले फिल्मबारे जानकारी गराएका हुन । सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्म ‘अनुराग’ मा एलिजाको अपोजिटमा मोडल दिपक घिमिरे प्रस्तुत हुँदैछन् । फिल्ममा लगानी धमलाले गर्ने स्पष्ट भएपनि प्रोडुसरमा एलिजाको नाम लेखिएको छ ।
दुई सन्तानकी आमा भएपनि एलिजा छरितो देखिन्छिन । पत्रकार सम्मेलनमा धमलाले फिल्म खेल्न लागेकी आफनी श्रीमतिलाईसबैले साथ र हौसला दिन आग्रह गरे । एलिजाले भने फिल्म खेल्ने आफ्नो रहर भएको बताइन् । फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ । फिल्मको बजेट करिब एक करोड बताइएको छ । नेपालका बिभिन्न स्थानमा फिल्मको छायाङ्कन गरिने जनाइएको छ ।
फिल्ममा एलिजा र दिपकसँगै अभिनेता सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतको अभिनय रहनेछ ।


