![]()
काठमाडौं । आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध हुने खेलका लागि १८ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । अक्टुवर १३ र १५ तारिखमा हङकङसँग उसैको मैदानमा खेल्ने नेपाली टोलीको घोषणा गरिएको हो ।
कप्तान पारस खड्काको कप्तानीमा १८ खेलाडी छनोट गरिएको छ । कप्तान खडका र प्रशिक्षक जगत टमाटाले खेलाडी छनोट गरेका हुन । १८ सदस्यीय टोलीमा सुशील कँडेल र ललित भण्डारीले पहिलो पटक स्थान बनाएका छन् ।
१८ खेलाडीबाट हङकङ विरुद्ध खेल्ने अन्तिम १४ खेलाडीको नाम पछि घोषणा हुनेछ भने ४ खेलाडी वैकल्पिकको रुपमा रहनेछन् ।
छनोट भएका १८ खेलाडीको नाम यसप्रकार छ
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
बसन्त रेग्मी
मेहबुब आलम
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
करण केसी
जितेन्द्र कुमार मुखिया
सुशील कँडेल
कुशल भुर्तेल
ललित भण्डारी
सुशन भारी
नरेश बहादुर बुढाएर
मोहम्मद आरिफ शेख
दीपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने


