Breaking News.... EverestOnlineKhabar
June 5, 2026

साझा प्रकाशनका अध्यक्ष शर्मासँग स्पष्टीकरण माग

Loading

ललितपुर,२१ भदौ ।
शिक्षा मन्त्रालयले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । मन्त्रीस्तरीय निर्णयले अध्यक्ष शर्मालाई छानबिन समितिको प्रतिवेदनका आधारमा सत्यतथ्य खुलाई स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
साझामा भएको अनियमितताबारे मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मालाई कारबाहीका लागि सिफारिस गरे पनि मन्त्रालयले भने कारबाही आलटाल गर्दै आएको थियो । यसबारे शिक्षामन्त्री गोपालमान श्रेष्ठसंग जिज्ञासा राख्दा उनले भनेः‘ हामीले अख्तियारले केही गर्छ कि भनेर चुप बसेका थियौं ।’ मन्त्रालयले छानबिन समितिको प्रतिवेदन कारबाहीका लागि अख्तियारलाई पठाइसकिएको जनाएको छ ।
मन्त्रालयले सोमबार नै साझा प्रकाशनको व्यवस्थापन सुधार गरी समयसापेक्ष सञ्चालनका लागि मन्त्रालयका प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय विनियम मस्यौदा तर्जुमा समितिसमेत गठन गरेको छ । साझा प्रकाशन हाल ०२१ को सहकारी विनियमअन्तर्गत सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed