![]()
नयाँदिल्ली,२१ भदौ ।
भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशको हत्या भएको छ ।दक्षिणपन्थी विचारधाराकी आलोचक गौरीको बैंङ्लोरमा गोली हानी हत्या भएको हो । ५५ वर्षीया गौरी मंगलबार साँझ आफ्नो घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोटरसाइकलमा आएका व्यक्तिले उनको टाउको र छातीमा गोली हानेर हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।‘लंकेश’ पत्रिकाको सञ्चालिका रहेकी उनी ४० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी थिइन् ।
चलचित्र निर्माता गौरीका पिता पी लंकेशले सन् १९८० देखि ‘लंकेश’ पत्रिकाको प्रकाशन शुरु गरेका थिए । गौरीले सोही पत्रिकामार्फत् आफ्नो पत्रकारिता यात्रा अघि बढाएकी थिइन् ।


