Breaking News.... EverestOnlineKhabar
June 4, 2026

काठमाडौंको फोहोर ओखरपौवामा फाल्न नुवाकोटवासीको अवरोध

Loading

नुवाकोट । नुवाकोट ओखरपौवाका बासिन्दाले अनिश्चितकालसम्मका लागि काठमाडौंको फोहोर ओखरपौवामा फाल्न नदिने निर्णय गरेका छन ।

प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा स्थानीय बासिन्दाले फोहोर फाल्न अवरोध गरेका हुन । उनीहरुले अनिश्चितकालका लागि सडक ठप्प रहने चेतावनी समेत दिएका छन ।

स्थानीयवासी भन्छन, ‘फोहोरको विसर्जनबाट ९०० मिटर दूरीमा पर्ने आवास र गोठका अति प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक रु ५० दिँदै आएकामा नयाँ आर्थिक बर्षदेखि घटाएकाले विरोध गर्नुपरेको हो । फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा प्रभावित क्षेत्रको दूरी र वार्षिक मुआब्जा वृद्धिको माग भइरहेको समयमा त्यसलाई निस्तेज बनाउन महानगरपालिकाले गरेको निर्णय अमान्य छ । ’

मुआब्जाको सीमा र रकम शुल्क घटाउने कुरा नसच्याएसम्म फोहोर फाल्न नपाउने भन्दै फोहोर बोकेका गाडी नल्याउन उनीहरुले सचेत गराएका छन् । काठमाडौँ महानगरपालिकाले तीन वर्षका लागि प्रस्ताव गरेको ओखरपौवाको सिसडोलमा तेह्र वर्षदेखि फोहोर फालिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed