Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अमेरिकाले अब धेरै धैर्य गर्न नसक्ने,उत्तर कोरियाले नयाँ युद्धको आह्वान गरेको भनाई

Loading

एजेन्सी,२० भदौ ।
अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनले युद्ध आह्वान गरेको आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निकी हेलीले उत्तर कोरियाले पछिल्लो पटक शक्तिशाली परमाणु बम परीक्षण गरेर नयाँ युद्धको आह्वान गरेको बताएका हुन् ।
उत्तर कोरियाले आइतबार हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछिको अवस्थाबारे छलफल गर्न बोलाइएको राष्ट्र संघीय सुरक्षा परिषदको आपतकालिन बैठकमा अमेरिकी दूत हेलीले उत्तर कोरिया र नेता किमले युद्धको शुरुवात गरेको बताएका हुन् ।
अमेरिका युद्धको पक्षमा नरहपनि अब धैर्य धेरै नटिक्ने हेलीको भनाई छ । उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउन अमेरिकाले प्रस्ताव गरेको छ । उत्तर कोरियाको मूख्य सहयोगी देखिएको चीनले भने वार्ताको प्रस्ताव गरेको छ । त्यसका लागि स्वीट्जरल्याण्डले मध्यस्थता गर्ने बताएको छ ।
परमाणु परीक्षणको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले सोमबार मात्र लाइभ–फायर एक्सरसाइज गरेको थियो ।
यसैबीच, उत्तर कोरियाले नयाँ मिसाइल परीक्षणको तयारी गरेको बताइएको छ । उत्तर कोरियाले आइतबार परीक्षण गरेको हाइड्रोजन बम सन् १९४५ मा जापानको हिरोशिमा ध्वस्त पारेको बम भन्दा तीनगुणा ठूलो रहेको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed