Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बेलायतकी राजकुमारी केट गर्भवती, तेस्रो सन्तानको तयारीमा

Loading

एजेन्सी,२० भदौ ।
बेलायतका राजकुमार विलियम र राजकुमारी केट तेस्रो सन्तानको आमाबुवा बन्ने भएका छन् । डचेसस् अफ क्याम्ब्रिज तेस्रो गर्भवती रहेको किङग्स्टन प्यालेसले घोषणा गरेको छ । द ड्युक एण्ड डचेसस् अफ क्याम्ब्रिजले तेस्रो सन्तानको स्वागत गर्न लागेको खबरबाट महारानी एलिजाबेथ द्वितिय उत्साहित रहेको किङग्स्टन प्यालेसले जनाएको छ ।

क्याथरिन (केट) को किङग्स्टन प्यालेसमा स्याहार भइरहेको उल्लेख गरिएको छ । विलियम र केटका अहिले दुई सन्तान छन् । राजकुमार जर्ज चार वर्षका भए भने राजकुमारी शार्लोट दुई वर्षकी भइन् । केट अहिले हाइपरमेसिस ग्रेविडेरमबाट प्रभावित भएको बिबिसीले जनाएको छ । यसका कारण रिंगटा लाग्ने तथा वान्ता हुने गर्दछ ।

राजकुमार ह्यारीले तेस्रो पटक अंकल बन्न लागेको खबरले आफू निकै खुशी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed