Breaking News.... EverestOnlineKhabar
November 1, 2026

९ करोड कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार…?

Loading

वीरगञ्ज,१९ भदौ ।
वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ। अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन्। उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन्। बक्यौता कर असुलीका लागि ताकेता गर्न गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरको उम्मेदवार भएपछी आफूले कलेजको प्रबन्ध निर्देशक पद छाडिसकेको दावी गरेका छन् । कलेज सञ्चालक बोर्डका सदस्यसमेत रहेका अन्सारी महानगर प्रमुखको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकालाई कर नतिरेको विषयमाथि टिप्पणी हुन थालेको छ।
महानगरपालिकाका मतदाता भन्छन्ः‘महानगरपालिकाको कर नतिर्ने व्यक्ति मेयरका लागि चुनावमा लड्न लागेको देख्दा अचम्म लागेको छ, उनले मतदातालाई मुर्ख ठानेका हुन् कि आफूलाई धेरै बाठो, बुझ्न गाह्रो भयो।’ तत्कालीन उपमहानगरपालिका कार्ययालयले पटक–पटक ताकेता गरे पनि नेसनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर नतिरेको हो । महानगरपालिका कार्यालयका अनुसार नेसनल मेडिकल कलेजले तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ ४३ पैसा कर बक्यौता छ।‘करदाताको घरजग्गा मूल्याङ्कन तथा कर निर्धारण विवरण’ सहितको ३५ दिने पत्रको जवाफ नदिएपछि तत्कालीन उपमहानगरपालिकाको कार्यालयले २०७० वैशाख २३ गतेको गोरखापत्र दैनिकमा बक्यौता असुलीका लागि सार्वजनिक सूचनासमेत छपाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed