Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेश नम्बर २ मा सुरक्षा अवस्था मजबुत, चुनावका लागि कुनै अवरोध छैन : गृहमन्त्री

Loading

धनुषा । गृहमन्त्री जनार्दन शर्माले अशोज २ गते प्रदेश नम्बर २ मा हुन गैरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि त्यहाँको सुरक्षा अवस्थाको बारेमा सम्पूर्ण जानकारी लिएका छन ।

आइतबार गृहमन्त्री शर्माले धनुषाको जनकपुरमा प्रदेश नम्बर २ आठवटै जिल्लाका सिडिओसंग त्यहाँको शान्ति सुरक्षाबारे ब्रिफिङ लिएका हुन । शान्ति सुरक्षाको व्यवस्था र अबको तयारीबारे सम्पूर्ण जानकारी लिएपछि गृहमन्त्री शर्माले निर्वाचनमा ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे ।

उनले भने –‘ केही ठाउँमा बाढी पहिरोबाहेक कुनै अवरोध छैन । गृहमन्त्रालय शान्ति सुरक्षाको कडा व्यवस्था गरेको छ । मतदाताहरुसँग ढुक्क भएर मतदान गर्न आग्रह गर्न चाहन्छु ।’

गृहमन्त्री शर्माले २०७४ लाई निर्वाचन वर्षको संज्ञा दिँदै मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि सफल पारिने धारणा राखे ।
वर्तमान सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले उपयुक्त समयमा संविधान संशोधन गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed