![]()
बिबिसि । भारतीय चर्चित नायिक कंगना रनौटले चर्चित नायक ऋतिक रोशनसंग आफनो अफेयर रहेको र विवाहको तयारी समेत गरिएको खुलासा गरेकी छन ।
बरिष्ठ भारतीय पत्रकार रजत शर्मासंग ‘आपकी अदालत’ नामक कार्यक्रममा उनले यो कुरा खोलेकी हुन । कार्यक्रममा नायिका कंगनाले बलिउडका चर्चित अभिनेता ऋतिक रोशनसँगको आफ्नो सम्बन्धबारे बिना हिच्किचाहट सबै कुरा खुलेर बताइन ।
टेलिभिजन शोमा कंगनाको बयानपछि एक पटक पुनः यो मुद्दाले चर्चा पाएको छ । उनका अनुसार उनी ऋतिकसँग विवाह गर्न चाहन्थिन् र यसबारे दुबैकाबीच कुराकानीसमेत भएको थियो । ऋतिकले पनि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनीसँग विवाहको बचन दिएका थिए ।
कंगना र ऋतिकबिचको विवाद कुनै नौलो होइन । काइट्स र कृष थ्रीमा सँगै काम गरिसकेका कंगना र ऋतिकले एक–अर्कालाई कानूनी नोटिस पनि पठाइसकेका छन् । ऋतिकले भने हाल कंगनासँगको प्रेम सम्बन्धलाई अस्विकार गर्दै आएका छन् ।
यो पूरा विवादमा ऋतिक रोशनका बुवा राकेश रोशन पनि सार्वजनिक भएका थिए । उनले भनेका थिए, ‘यदि ऋतिकले वास्तविक कुरा खोल्यो भने मानिसहरु अचम्मित हुनेछन् ।’
भारतिय फिल्मी दुनियाँमा अलगै पहिचान बनाउन सफल कंगना तिन पटकसम्म भारतको सबै भन्दा महत्वपुर्ण भनिएको राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल नायिका हुन ।


