![]()
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीबिरुद्ध आक्रामक अभियान थालेपनि सुन तस्करी रोकिएको छैन । पछिल्लो समय रसुवा नाकाबाट ल्याइएको २२ किलोग्राम सुनसहित सात जना पक्राउ परेका छन । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले सुनसहित तस्करहरुलाई पक्राउ गरेको हो ।
व्युरोले बिहीबार पत्रकार सम्मेलन गरी काठमाडौँको टोखाबाट १५ किलो र बाँकी सात किलो अन्य ठाउँबाट बरामद भएको जनाएको छ ।
रसुवा नाकाबाट सुन ल्याइएको र पक्राउ परेकालाई संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको डिआइजी पुष्कर कार्कीले जानकारी दिनुभयो ।


