![]()
काठमाडौं । स्वाइन फ्लु (इन्फ्लुएञ्जा ए – एच १ एन १) बाट ग्रसित स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँको हाल बीर अस्पतालमा उपचार भैरहेको छ ।
स्वास्थ्यमन्त्री पोखरेलको माथिल्लो स्वाश नलीमा संक्रमण देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेपछि प्रयोगशाला परीक्षणकाक्रममा उहाँलाई स्वाइन फ्लुको संक्रमण भएको पुष्टि भएको हो ।
यस बर्षको सिजनमा धेरै ठाउँमा स्वाइन फ्लु देखिएको थियो । केही स्थानमा अझै देखिने क्रम जारी छ । यस रोगका कारण केहीको मृत्यु समेत भइसकेको छ ।


