Breaking News.... EverestOnlineKhabar
June 19, 2026

हातहतियारको रकम मिनाहा गर्न मानेन भारतले, साढे २ अर्ब तिनुपर्ने

Loading

काठमाडौ,११ भदौ ।
भारतले हातहतियार खरिद गरेको रकम मिनाहा गरिदिन नेपालले गरेको आग्रहलाई अस्विकार गरेको छ । भारतले अस्विकार गरेपछि अब नेपालले हातहतियार
खरिद गरे बापत भारतलाई साढे २ अबै रुपैया तिनुपर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे । भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन् । भारतले यो प्रस्ताव स्वीकार नगरेको अर्थमा नेपालले बुझेको छ ।
हैदरावाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरेः ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस् ।’ तर मोदीले मिनाहा गर्न मानेनन् । देउवाले मिनाहाको आग्रह गर्दा मोदीले‘रक्षा सहकार्य गरौं’ भन्ने अर्थपूर्ण जवाफ मात्रै दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed