Breaking News.... EverestOnlineKhabar
June 19, 2026

यू १५ साफ च्याम्पियनसिपको फाइनलमा भोलि नेपाल र भारत भिडदै, भारतलाई हराउने नेपालको दावी

Loading

काठमाडौं । काठमाडौंमा जारी साफ अन्डर १५ च्याम्पियनसिपको उपाधि भिडन्त भोलि हुँदैछ । उपाधिका लागि नेपाल र भारत भिडने भएका छन । लिग चरणको खेलमा नेपाल भारतसंग २–१ गोल अन्तरले हार्नु परेपनि फाइनलमा त्यसको कुनै अशर नपर्ने नेपाली टिमले जनाएको छ ।

शनिवार आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले फाइनलमा भारतलाई हराउने क्षमता नेपाली टिममा भएको दावी गरे । उनले लिग चरणमा हार्नुको अब कुनै अर्थ नरहेको समेत स्पष्ट पारे ।

प्रशिक्षक श्रेष्ठले नेपालको खेलमा सुधार देखिदै गएको बताए । उनले लिग चरणको हारको बदला लिदै फाईनलमा उपाधि जित्ने विश्वास व्यक्त गरे । नेपाली टिमका कप्तान रोशन थापामरगले पनि टिम गेम खेल्दै खेलमा सुधार गर्ने बाचा गरे ।

भारतीय टिमका प्रशिक्षक बिबियानो फर्नान्डेजले समुह चरणमा नेपाललाई हराईसकेकाले फाइनलमा पनि हराउने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed