![]()
काठमाडौं । नेपाल महिला संघका संस्थापक अध्यक्ष स्वर्गिय मङ्गलादेवी सिंहको शनिवार २१औँ स्मृति दिवस मनाइएको छ । नेपाल महिला संघ काठमाडौँ जिल्लाले शोभाभगवतीमा मंगलादेवीको शालिकमा माल्यार्पणसहित कार्यक्रम सिंहको सम्झना गरेको हो ।
माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको महिलाहरुको हक, अधिकारका लागि आवाज उठाउने महिला मंगलादेवी भएको स्मरण गर्नुभयो । नेपालमा एकतन्त्रिय राणाशासन फाल्ने कुरामा होस् या प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाले महिलाको हक अधिकारका लागिमात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मंगलादेवी सिंहको ठूलो भूमिका रहेको धारणा राख्नुभयो ।
नेपाल महिला संघ कि अध्यक्ष उमा अधिकारीले महिला संघ मंगलादेवी सिंहले देखाएको बाटोमा हिंडने प्रतिबद्धता जनाउनुभयो ।
वि.स. २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिलाहरु भेला भई महिला संघको स्थापना गरेका थिए ।


