![]()
भारत । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको प्रसिद्ध धार्मिक क्षेत्र बिहारको गया पुग्नु भएको छ । त्यहाँ महत्वपूर्ण ऐतिहासिक एवम धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानमन्त्री देउवाले तिरुपति मन्दिको दर्शन गर्नु भएको थियो । आन्ध्र प्रदेशको चित्तौर जिल्लामा रहेको तिरुपति मन्दिरमा उहाँले बिहान दर्शन गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा भोलि साँझ स्वदेश फर्किने कार्यतालिका छ ।


