Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पूर्व निधारित तालिका भन्दा एक दिन अघि नै आकस्मिक भेट भएको छ । भारतीय प्रधानमन्त्री मोदीले देउवासंगको भेटको फोटोसमेत ट्वीट गरेका छन । उनले बिहीबारको बिस्तृत भेटको लागि आफू प्रतिक्षारत रहेको ट्वीटमा उल्लेख गरेका छन ।

मोदीको इच्छा अनुसार नै प्रधानमन्त्री देउवासंग भेट भएको हो । देउवालाई भेटनुपूर्व मोदील्े प्रधानमन्त्री देउवाको कार्यतालिका बुझेका थिए । देउवाको कार्यतालिकामा केही समय खाली देखिएपछि प्रधानमन्त्री मोदीको तर्फबाट चियाको आमन्त्रणा गरिएको थियो ।

मोदी देउवालाइ भेटन साँझ साढे पाँच बजे सेभेन रेशकोर्ष पुगेका थिए । भेटवार्ता एक्ला एक्लै भएको बताइएको छ । उहाँहरुबीचको भेटलाइ बिहीबार हुने वार्ताको तयारीका रुपमा बुझिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री देउवाले बिहीबार ११ बजे भेटवार्ता गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed