Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद र बेपत्ता परिवारका सपना पूरा गर्न अब आफू प्रचण्ड बन्ने उद्घोष गरेका छन ।

काठमाडौंमा बुधवारबाट सुरु अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले बिभिन्न शक्ति केन्द्रहरुले आफूलाइ पुष्पकमल बनाउन चाहे पनि आफू डेष बर्ष भित्र प्रचण्ड बन्ने उद्घोष गरे । उनले आफूलाई जनता, कार्यकर्ता, शहीद र वेपत्ता परिवारहरुले प्रचण्डका रुपमा देख्न चाहेको उल्लेख गरे ।

सम्मेलनमा दाहालले भने, ‘एकपटक प्रतिक्रियावादीहरु माओवादी भन्ने बित्तिकै डराउथे, बीचमा माओवादी केही होइन भन्ने ठान्न थाले, अहिले हामी माओवादीहरु एक हुन थालेपछि प्रतिक्रियावादीको सातो गएको छ ।’

अध्यक्ष दाहालले पार्टी भित्र भित्रिएको बिकृति र विसंगतिको नैतिक दायित्व लिने बताउँदै पार्टीमा सुधार गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाए । उनले पद प्रतिष्ठाका लागि मरिहत्ते नगर्न बिद्यार्थी नेताहरुलाई सुझाव समेत दिए । साथै, अध्यक्ष दाहालले सहमति बनाइदिनु परयो भनेर आफू लगायत नेताहरुकहाँ नआउन बिद्यार्थी नेताहरुलाइ आग्रह गरे । आफै नेतृत्व मिलाउन उनले सुझाव दिए ।

अखिल क्रान्तिकारीको अध्यक्ष बन्नका लागि गृहमन्त्री जनाद्र्धन शर्माका भाई अनिल शर्मा, विरेन्द्र बस्नेत, रञ्जित तामाङ, आरसी लामिछाने, सुरेन्द्र बस्नेत र पञ्चा सिंह आकांक्षी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed