Breaking News.... EverestOnlineKhabar
June 19, 2026

डलर तस्करी आरोपित पाइलट तालिमका लागि विदेश

Loading

काठमाडौ,७ भदौ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाउने निर्णय गरेको छ।
वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको हो। अवाले बिहीबार (भदौ ८) मा तालिमका लागि सिंगापुर जाँदैछन्।
‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई लाइसेन्स अद्यावधिक गर्ने भन्दै थप लाखौं लगानी गरी कसरी विदेश तालिममा पठाउन मिल्छ ?’ निगम उच्च स्रोतले भन्योः‘उनको मुद्दाको छिनोफानो भएको छैन। भोलि उनले मुद्दा हारे भने उनीमाथि गरिएको लगानी डुब्छ र त्यसको जिम्मेवारी कसले लिन्छ ?’
सम्बद्ध स्रोतका अनुसार अवालेलाई तालिममा पठाउँदा १४ लाखदेखि १६ लाखसम्म खर्च हुन्छ। त्यसबाहेक उनलाई प्रतिदिन २० हजार रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ। अवालेले न्यूनतम १ साता सिंगापुरमा बिताउनेछन्। क्याप्टेन अवाले २०७३ वैशाख २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed