Breaking News.... EverestOnlineKhabar
August 14, 2026

राप्रपासँग १९ सांसदमात्रै, १८ सांसदमाथि कारवाहीको तयारी

Loading

काठमाडौ,६ भदौ ।
व्यवस्थापिका संसदमा चौथो राजनीतिक शक्तिका रुपमा रहँदै विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले १९ सांसदमा सीमित भएको छ । कुल ३७ सांसद रहेको राप्रपामा हाल १९ सांसदमात्र देखिएको हो । पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै पशुपति शमसेर राणाले पार्टी विभाजन गराएका हुन् । राणा हाल राप्रपा (प्रजातान्त्रिक) नामको पार्टी दर्ता प्रक्रियामा छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक प्रक्रिया बढाउन सोमबार सर्वोच्च अदालतले समेत आयोगलाई निर्देशन दिइसकेको छ । सोमबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश हुँदा राप्रपाका १९ सांसदमात्र उपस्थित थिए । संसद बैठकमा अनिवार्य उपस्थित हुन सो पार्टीको संसदीय दलको प्रमुख सचेतक कुन्ती शाहीले ह्वीप जारी गरेकी थिइन् । तर ह्वीपविपरीत १८ सांसद अनुपस्थित रहे ।
संसद बैठकमा कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रम बहादुर थापा, गंगाप्रसाद यादव, कुन्ती शाही, भाष्कर भद्रा, दिनेश श्रेष्ठ, सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्त बहादुर खपाङ्गी, श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, राम दुलारी चौधरी, कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई उपस्थित थिए ।
राप्रपाकै सांसद रहेर संसद बैठकमा ह्वीप विपरीत अनुपस्थित हुनेमा आनन्दीदेवी पन्त, इस्तिहाक अहमद खान, गीता सिंह, दीपक बोहोरा, विक्रम पाण्डे, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, सुनीलबहादुर थापा, सीता लुइँटेल ज्ञवाली, शयन्द्र वान्तवा, विराज विस्ट, बबिना मोक्तान लावती, रेशमबहादुर लामा, रामकुमार सुब्बा, धानो महरा, कमल शर्मा रहेका छन् ।
पार्टी ह्वीप उल्लंघन गर्ने सांसदहरुमाथि कारवाहीका लागि बुधबार बिहान राप्रपा संसदीय दलको कार्यालयमा संसदीय दल, पदाधिकारी र कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठकले उनीहरुमाथि कारवाहीको खाका तयार पार्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed