![]()
काठमाडौ,५ भदौ ।
राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक निर्माणको कसरत गरिरहेका पशुपति शमशेर जबराले आवश्यक संख्या पुर्याउन नसकेको निर्वाचन आयोगले प्रमाणिकरण गरेको छ । आयोगले राप्रपा प्रजातान्त्रिककलाई चालिस प्रतिशत सांसद र केन्द्रीय सदस्य रहेको सनाखत गर्न आईतबारसम्मको समय दिएको थियो। तर, राप्रपा प्रजातान्त्रिक आयोग नगएपछि आयोगले संख्या नपुगेको प्रमाणिकरण गरिदिएको आयोग श्रोतले जनाएको छ । आयोगको प्रमाणिकरणसँगै राणाको राप्रपा प्रजातान्त्रिक संकटमा परेको छ।
निर्वाचन आयोग श्रोतले भन्योः‘हामीले सनाखत गर्न बोलाउँदा आएनन्। सर्वोच्चमा मेरो मुद्दा छ भनेर पत्र पठाएको छ। आयोगले आफूले दिएको समयमा सनाखत गर्न नआएको लेखेर प्रमाणिकरण गर्यो ।’ आयोगले विज्ञप्ति जारी गर्दै सनाखतको लागि कुनै पनि केन्द्रिय सदस्य नआएको उल्लेख गरेको छ। आयोगले हाल निर्वाचन आयोगमा दुई जना मात्र आयुक्त रहेकाले आयोगको निर्णयबाट राप्रपा प्रजातान्त्रिकको हैसियत टुङ्गो लाग्न भने बाँकी रहेको बताए।
आयोगको प्रमाणिकरणसँगै राजनीतिक दल सम्बन्धि ऐन अनुसार राप्रपाले चालिस प्रतिशत केन्द्रीय सदस्य र सांसद पुर्याउन नसकेको प्रमाणित भएको हो। दाहालले सर्वोच्चमा मुद्दा हुँदा पनि नहुँदा पनि राप्रपा आएर सनाखत गर्न कुनै समस्या नहुनुपर्ने श्रोतको भनाई छ ।
साउन २२ गते कमल थापा नेतृत्वको राप्रपा फुटाएर पशुपतिशमशेर राणाले राप्रपा प्रजातान्त्रिक निर्माणको घोषणा गरेका थिए।


