![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो मन्त्रिमण्डलमा २१ राज्यमन्त्री थप्दै हुनुहुन्छ । कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको हो ।
माओवादी केन्द्रले आफना राज्यमन्त्रीहरुको नाम टुंग्याइसकेकाले उनीहरुको आज साँझसम्ममा सपथ हुने जनाइएको छ । कांग्रेस र फोरमबाट थप भएका राज्यमन्त्रीलाई प्रधानमन्त्री देउवाको भारत भ्रमण अगावै सपथ ग्रहण गराइने छ ।
माओवादी केन्द्रले राज्यमन्त्रीमा जाकिर हुसैन (उर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामा सिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गरुङ (सहरी), गोमा कुँवर (पशु–पन्छी), ओङ्दी शेर्पा (सामान्य प्रशासन) मा सिफारिस गरेको छ ।
हाल २७ सदस्यीय रहेको मन्त्रिमण्डलमा माओवादीका आठ राज्यमत्री थपिदा मन्त्रिमण्डलको संख्या ३५ पुग्नेछ । कांग्रेसका दश र फोरम लोकतान्त्रिकका तीन राज्यमन्त्री थपिंदा मन्त्रिमण्डलको संख्या ४८ सदस्यीय हुनेछ ।


