Breaking News.... EverestOnlineKhabar
August 13, 2026

आठ दिनदेखि अवरुद्ध बिराटनगर बिमानस्थल संचालनमा, यात्रुलाइ राहत

Loading

बिराटनगर । बाढी र डुबानका कारण अवरुद्ध विराटनगर विमानस्थल आजबाट सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्गमा जमेको हिलो र लेदो हटाएसंगै उडान र अवतरणको काम सुरु भएको हो । लामो समयपछि विमानस्थल सञ्चालन भएकाले पहिलो दिनआज सीमित उडान मात्र गरिएको छ ।

सौर्य एयरले विराटनगर विमानस्थलबाट आज पहिलो उडान भरेको छ । दिनभरीमा सौर्यले २ तथा यती एयरले २ गरी ४ वटा उडान भर्ने नागरिक उड्यन कार्यालयले जनाएको छ ।

अन्य समयमा २४ घण्टै सेवा भएपनि हाललाई बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म मात्र विमानस्थल सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed