Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अमेरिकामा एक र्‍यालीको बीचबाटै कार गुडाइयो, एकजनाको मृत्यु, १९ घाइते

Loading

एजेन्सी,२९ साउन ।
अमेरिकामा अति दक्षिणपन्थी नवनाजीवादीको समर्थकले निकालेको र्‍यालीको विरोध गर्नेहरुको बीचबाट चलाइएको कारको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । घटनामा १९ जना घाइते भएका छन् । अमेरिकी गृहयुद्धका बेला भएको गुलामी प्रथाको समर्थनमा लड्ने जनरलको मूर्ति हटाएको विरोधमा युनाइट द राइट नामबाट यो र्‍याली निकालिएको बताइएको छ ।
प्रहरीले र्‍यालीलाई अवैध घोषणा गरेको थियो । र्‍यालीको विरोध गर्नेहरुको भीडमा चलाइएको कार तत्काल नियन्त्रणमा लिइएको थियो । कार चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।
यसअघि र्‍याली निकालिरहेका गोरा नस्लवादी र उनीहरुका विरोधीबीच सडकमा हिंसात्मक झडप भएको थियो । राष्ट्रपति डोनल्ड ट्रम्पले हिंसाको आलोचना गर्नुभएको छ । स्थानीय प्रशासनले यो क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.