Breaking News.... EverestOnlineKhabar
May 12, 2026

डिफेन्डिङ च्याम्पियन चेल्सीलाई पहिलो खेलमै झड्का….

Loading

एजेन्सी,२९ साउन ।
इङ्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै साविक विजेता चेल्सीलाई झड्का लागेको छ । शनिबार राती आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई बर्नलले ३–२ ले हराएको हो । खेलको सुरुमै चेल्सीका कप्तान ग्यारी केहिलले रातो कार्ड खाएपछि घरेलु टोली १० जनामा समेटियो ।
यसपछि स्याम भोक्सले दुई तथा स्टेफेन वार्डले एक गोल गर्दै मध्यान्तरसम्म बर्न्लेलाई ३–० को अग्रता दिए । दोस्रो हाफमा चेल्सीका अल्भारो मोराटाले एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर मिडफिल्डर सेस्क फाब्रिगास दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो ।
यसपछि पनि दबाब बनाएको चेल्सीका डेभिड लुईजले एक गोल गर्दै हार अन्तर कम गरे । प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपुललाई वाट्फोर्डले ३–३ गोलको बराबरीमा रोक्दा एभर्टनले स्टोक सिटीलाई १–० ले हरायो ।
यसैगरी म्यान्चेस्टर सिटीले प्रिमियर लिगको नवप्रवेशी टोली ब्राईटन एण्ड होभ आल्बियोनलाई २–० ले हराउँदा अर्को नवप्रवेशी टोली हडर्सफिल्ड टाउनले क्रिष्टल प्यालेसलाई ३–० ले पाखा लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.