Breaking News.... EverestOnlineKhabar
May 11, 2026

‘बाढी र पहिरोले बिचल्ली पार्दा समेत सरकार मुकदर्शक, युद्धस्तरमा राहत र उद्दार कार्य अघि बढाऊ’

Loading

दैलेख । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकभर बाढी, पहिरोको चपेटामा परी जनताले दुःख पाउँदा समेत सरकार मुकदर्शक बनेको आरोप लगानु भएको छ । नेता खनालले एभरेष्ट अनलाइन खबरसंग कुरा गर्दै युद्धस्तरमा उद्दार र राहतको काम अघि बढाउन सरकारलाइ आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा चुनिएका जनप्रतिनिधिलाइ प्रशिक्षण दिन दैलेख पुग्नु भएका नेता खनालले बाढी, पहिरो र डुबानमा परेका सर्वसाधारणलाइ धैर्यतापूर्वक अघि बढन आग्रह गर्नुभयो ।

इलामबाट, नेपालगंज, सुर्खेतहुँदै नेता खनाल शनिवार दैलेख पुग्नु भएको हो । उहाँले आइतबार प्रदेश नम्बर ६ का निर्वाचित जनप्रतिनिधिलाइ जिल्ला विकास समितिको हलमा प्रशिक्षण दिने कार्यक्रम छ ।

सुर्खेतबाट स्थलमार्गहुँदै दैलेख जानेक्रममा खनालसहितको टोली सुर्खेत, बर्दिया र बाँकेको संगमस्थल बबइ नदीमा दुइ घण्टा थुनिनु भएको थियो । अविरल बर्षाका कारण बबइ नदीमा पानीको सतह बढ्दा उहाँहरु थुनिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.