![]()
मुस्ताङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो सपना पूरा भएको बताउनु भएको छ ।
मुस्ताङको जोमसोममा हावाबाट उत्पादन भएको बिजुलीको शनिवार उद्घाटन गर्दै अध्यक्ष ओलीले मुस्ताङ मात्रै नभएर नबलपरासी र हेटौंडामा पनि हावाबाट बिजुली उत्पादन गर्न सकिने बताउनुभयो ।
अध्यक्ष ओलीले आफ्नो योजनालाई हावामा उडाउनेलाई मुस्ताङमा हावाबाट बिजुली उत्पादन भएको हेर्न अनुरोध थियो । बुद्ध पावर प्रा.लिको पहलमा गत बर्षको बैशाखदेखि शुरु गरिएको निर्माण कार्य १६ महिना पछि पूरा भएको हो । सो कन्द्रबाट हाल ३ किलोवाट बिजुली उत्पादन गर्न सकिने भएको छ । अब जोमसोममै हावाबाट ४० मेघावाटको बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।
मुस्ताङ भ्रमणकाक्रममा अध्यक्ष ओलीले जोमसोमको कोरला सिमाना, सडकको अवस्था र सीमा क्षेत्रको अवलोकन गर्नुभएको थियो । उहाँले कोरला नाका छिट्टै संचालनमा ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।


