![]()
कैलाली । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा मेयर पदमा शानदार मत ल्याएका गोपी हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन । शनिबार धनगढीमा भएको पार्टीको भेलामा हमाल पार्टी प्रवेश गरेका हुन ।
हमाललाई प्रदेश नम्बर ७ को संयोजकको जिम्मेवारी दिइएको छ । पार्टीका सहसंयोजक रविन्द्र मिश्रले हमाललाई प्रदेश संयोजक बनाउने प्रस्ताव राखेका थिए, जसलाई उपस्थितले सहमति जनाए ।
प्रदेश संयोजक बनेपछि हमालले सुदूरपश्चिमका सबै जिल्लामा पार्टी विस्तार गर्ने आफनो योजना सुनाएका थिए ।


