Breaking News.... EverestOnlineKhabar
May 11, 2026

देशभर बाढी, पहिरो र डुबान, ३० जनाको मृ्त्यु, तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

Loading

काठमाडौं । केही दिनदेखिको लगातार बर्षाका कारण तराईका अधिकांश जिल्लामा डुबान भएको छ । बाढीका कारण झापा ,मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी लगायत पुर्वका जिल्ला र पश्चिममा बाँके र दाङ डुबानमा परेका छन् ।

ती जिल्लामा नेपाली सेनाको व्यारेक, विमानस्थल सबै जलमग्न हुनुको साथै सर्वसाधरणका घर डुबानमा परेका छन् । जनजीवन पुर्णतः अस्तव्यस्त बनेको छ । बाढीका कारण मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनागरी ३० जनाको ज्यान गई सकेको छ । थुप्रै मानिस बेपत्ता भएका छन ।

झापाको मोदनामा र पश्चिम बाँकेमा वाढीमा फसेकाहरुको उद्दार जारी रहेको सरकारले जनाएको छ । झापाको मदरगाछी र कपनकपास भन्ने स्थानमा पनि उद्दार भैरहेको छ । पश्चिममा ओभरी, गावर र गन्धनी पुल तथा पुर्वको गछिवा पुल क्षतिग्रस्त भएको छ । बागमति सिंचाईको ड्याममा पनि खतरा आउने संकेत देखिएको गृहमन्त्रालयले जनाएको छ ।

तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार विहानै बाढी पहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखहरूलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकलाई उद्दार, राहत र सुरक्षित स्थानमा स्थानान्तरण लगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएका हुन ।

सतर्क रहन गृहमन्त्रालयको आग्रह
सरकारले तराईका केही जिल्ला बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै मन्त्रालयले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सर्तक रहन आग्रह गरेको हो ।
सरकारले राहत वितरणमा उच्च प्राथमिकताका साथ उद्दार टोली परिचालन भईरहेको भन्दै कठिन घडीमा राहत सामग्री र उद्दरमा जुटन सबैलाइ अपिल पनि गरेको छ ।
खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ ।
उद्दारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलि परिचालित रहेको र विमानस्थलमा हेलिकप्टर र तालिम प्राप्त फोर्स कमाण्डको टोलीलाई तयारी अवस्थामा राखिएको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.