![]()
क्वालालम्पुर,२७ साउन ।
मलेसियाको प्रहरीले आतंकवादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २ सय ९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै सिन्ह्वाले जनाएको छ । पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका कामदार रहेको अधिकारीहरूले बताएका छन् ।
प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ । एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् । उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ ।
यसै महिनाको अन्त्यतिर मलेसियामा २९ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुन लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाई छ ।


