Breaking News.... EverestOnlineKhabar
May 10, 2026

गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा नेपाली युवा पक्राउ

Loading

दार्जिलिङ,२५ साउन ।
दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले एक नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ । आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो ।
आमाको पेटको उपचार गराउन सिलिगुढी स्थित फेमेली क्लिनमा पुगेका फागोलाई क्लिनक परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जिलिङको सुकुनामा भएको झडपमा सामेल भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
गोर्खाल्याण्ड आन्दोलनप्रति कुनै संलग्न नै नभएको र विनाकारण फागोलाई पक्राउ गरेर भारतीय प्रहरीेले अत्याचार गरेको भन्दै उनकी दिदी साधना फागोले तत्काल रिहाइको माग गरेकी छन् ।
मंगलबार फागोलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्कमा आउन समेत नदिएको दाजु शरन फागोले जानकारी दिए । पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित अदालतमा उभ्याएको फागोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.