![]()
काठमााडौं । नेपाली कांग्रेसले पूर्वराज्य मन्त्री तथा सांसद मीठु मल्लसहित २१ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको अभियोग पुष्टि भएपछि मल्लसहित ७ जनालाइ साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको छ । अन्य १४ जनालाइ भने स्पष्टीकरण सोधिएको छ ।
स्थानीय निर्वाचन समीक्षाका लागि बसेको स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्य समिति, भातृ संघ संगठनका पदाधिकारीसहितको भेलाले यस्तो निर्णय गरेको हो । अनुशासन विभागको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीबाट निस्कासन गरिएको हो ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते अनुशासन विभागले २५ जनालाई लिखित स्पष्टिकरण सोधेको थियो ।


