![]()
काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको छैटौं संस्करणमा गीतकार रत्नशम्शेर थापालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । मंगलवार काठमाडौंमा आयोजित विशेष समारोहमा गृहमन्त्री जनार्दन शर्माले गीतकार थापालाई सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रममा बिभिन्न विधागत रूपमा अन्य ३४ जनालाइ पनि पुरस्कृत गरियो । राष्ट्रिय भावको गीततर्फ डा. नवीन अधिकारी ‘बिरामी छ देश’ बाट उत्कृष्ट ठहरिए । त्यसैगरी, पप विधातर्फ उत्कृष्ट गायक, गायिका र संगीतकारमा क्रमशः अमीर देउला (मेरो भविष्य…), आकांक्षा बस्याल (म पग्लन्छु…) र राहुल प्रधान (कहाँ पुगें म…) बने ।
लोकदोहोरीतर्फ नवप्रतिभा पुरुष र महिलामा क्रमशः रविन लामिछाने (गोरखातिर जानु…) र कल्पना सुनुवार (डाँडैमा बिजुली आयो…) उत्कृष्ट भए । लोकदोहोरीतर्फकै उत्कृष्ट शब्दमा कस्तुप पन्तले ‘आँसु झारिरह्यो…’ बाट अवार्ड जिते । वसन्त थापाले ‘उही खोलीमा पानी…’ बाट पुरस्कार पाए ।
उत्कृष्ट लोकदोहोरी गायक र गायिकामा कृष्ण रेउले र पूर्णकला बिसीले प्राप्त गरे । फिल्मी गीततर्फ उत्कृष्ट गीतकार, गायक र गायिका र संगीतकारमा भने क्रमशः लक्ष्मण सुवेदी, कृष्ण काफ्ले, दुर्गा परियार र दीपक शर्मा पुरस्कृत भए । गजलतर्फ रमेश विमानको ‘अजम्बरी माया’ उत्कृष्ट ठहरियो । सुगम संगीततर्फ गीतकारमा कृष्णहरि बराल, गायक रामकृष्ण ढकाल, गायिका जुना प्रसाईं, संगीतकार सुनिल मास्के र एल्बममा पनि रामकृष्णकै ‘आवरण’ उत्कृष्ट चुनिए ।


