Breaking News.... EverestOnlineKhabar
May 11, 2026

युधिष्टर बनेर न्यायालय सुधार्छु :प्रधानन्यायाधीश

Loading

कास्की । प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायलय सुधार्न आफूसंग युधिष्टर बन्नुको विकल्प नरहेको बताउनु भएको छ ।
उच्च अदालत पोखरा र कास्की जिल्ला बार इकाइद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले महाभारतको स्मरण गर्दै भन्नुभयो, ‘ पाण्डवहरु निर्दोष रहेपनि लाक्ष्यगृहमा राखिएको थियो । म पनि करिव–करिव लाक्ष्यगृहबाट आएको हुँ, अव मसंग युधिश्ठिर बन्नुको बिकल्प छैन । मेरो काममा कानुन व्यवसायीहरुले सहयोग गर्नुपर्यो ।’

प्रधानन्यायाधीश पराजुलीले न्यायलाई सर्वसुलभ बनाउन आफुले ३९ बुँदे कार्यक्रम मार्फत सुधारको प्रयास थालिसकेको जानकारी समेत दिनुभयो । न्यायलय र कानुन व्यवसायी एक रथका दुई पांग्रा भएकोले व्यक्तिगत स्वार्थमा नलागि विधिको शासन स्थापित गर्ने काममा सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.