Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक बिषयान्तर, प्रदेश २ का उम्मेदवार छान्न बसेको बैठक केसीको अनसनमा केन्द्रीत

Loading

काठमाडौं । अशोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्न बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठक बिषयान्तर भएको छ । बैठक पूरै डा. गोविन्द केसीको अनसनमा केन्द्रीत रह्यो ।

बैठकको सुरुवातमै प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न आन्दोलनले सरकारलाई अप्ठेरो परेको बताएपछि बहस त्यतैतिर तानिएको थियो ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा डा. केसीसँग नेपाली कांग्रेसकै सरकारले सहमति गरेको र त्यसका लागि प्राध्यापक डाक्टर केदारभक्त माथेमाको कार्यदलले बुझाएको प्रतिवेदन नैं समाधानको उपाय रहेको अधिकांश नेताहरुले बताएका थिए । केसीको ज्यान बचाउन नेपाली कांग्रेस र सरकारको नेतृत्वको हैसियतमा पनि पहल गर्नुपर्ने कुरा उठको थियो ।

मेडिकल शिक्षाको क्षेत्रमा सुधार ल्याउन डाक्टर केसीले गरेको आन्दोलन र माथेमा कार्यदलको प्रतिवेदन समाधानको एकमात्र माध्यम बन्न सक्ने नेताहरुले बताएका थिए । माथेमा कार्यदलको प्रतिवेदन जस्ताको तस्तै नभएपनि सन्दर्भ सामग्रीका रुपमा कार्यान्वयन गर्न सकिने कुरा उठेको नेता नारायण खड्काले जानकारी दिनुभयो ।

यस्तै, अस्थायी शिक्षकको आन्दोलन र समाधानका विषयमा पनि बैठकमा छलफल भएको थियो । अस्थायी शिक्षकका समस्या शैक्षिक गुणस्तरमा समस्या नआउनेगरी समाधान गर्न पहल गर्नुपर्ने नेताहरुले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.