![]()
काठमाडौ,२३ साउन ।
आज चन्द्रग्रहण लाग्दैछ । ग्रहणको फलबारे केहीलाई विश्वास लाग्दैन । तर ग्रहणमा के गर्न हुन्छ, के गर्न हुँदैन र कुन राशीलाई कस्तो प्रभाव पर्छ भनेर सोधीखोजी गर्नेहरु पनि धेरै छन् । ज्योतिषीय विधान अनुसार सोमबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले दिउँसो २ बजेदेखि नै भोजन गर्नु हुँदैन । तर बिरामी, बालबालिका र बृद्धबृद्धाले भने खान हुन्छ ।
ज्योतिषको राय छः‘ ग्रहणको समयमा वातावरणमा नकारात्मक उर्जा प्रवाह हुने र त्यसले स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो बेला खान हुँदैन भनिएको हो ।’
यस्तै राशी अनुसार ग्रहणको प्रभाव फरक हुने पनि ज्योतिषहरु बताउँछन् । ज्योतिषहरुका अनुसार मकर राशीको श्रवण नक्षत्रमा चन्द्रग्रहण पर्छ । त्यसैले मकर राशीका व्यक्तिले सोमबारको चन्द्रग्रहण अवलोकन गर्न नहुने ज्योतिषको भनाई छ ।
ज्योतिषका अनुसार मेष, धनु र सिंह राशी भएकालाई ग्रहण अवलोकन गर्नु राम्रो मानिन्छ । मकर, कन्या, वृष, मिथुन, कुम्भ र तुला राशीका लागि ग्रहणको फल राम्रो नभएको ज्योतिषको भनाई छ । ज्योतिषका अनुसार मीन, कर्कट र वृश्चिक राशीकालाई भने यो ग्रहण शुभ छ ।


