![]()
काठमाडौं । साझा प्रकाशनको इतिहास र महत्व समाप्त हुन थाल्यो भन्दै त्यसको संरक्षणका लागि हार गुहार गरी पूर्व प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समेत मन जित्न सफल भएका महाप्रवन्धक डोलेन्द्र शर्माका करतुत एकपछि अर्को गरी सार्वजनिक हुन थालेका छन ।
लेखा समितिको समेत छानबिनमा परेका डोलेन्द्रको अर्को धन्दा साझाकै कर्मचारीले पर्दाफास गरेपछि उनको मुकुण्डो उत्रिएको हो । प्रकाशनका कर्मचारीले अबैध किताबलाई बैधाननिकता दिने डोलेन्द्रको प्रयास असफल पारेका थिए ।
साझा प्रकाशनले प्रकाशन गर्ने सबैको नेपाली पुस्तक अनामनगरस्थित अल्पाईन अफसेटबाट साझा प्रकाशनको गाडीमा राखेर ल्याएकाबेला कर्मचारीले नियन्त्रणमा लिएपछि शर्माको धन्दाको रहस्य सार्वजनिक भएको हो ।
गाडीमा ल्याईएका ४ हजार ८ सय थान पुस्तकको मुद्रण मिति र मुल्य फरक छ । साझा प्रकाशनले २०७३ साल साउन १० गते देखि लागु हुने गरी सबैको नेपाली पुस्तकको मुल्य २ सय ९९ रुपैयाँ बनाएको थियो । त्यसअघि सो पुस्तकको मुल्य २ सय ४५ रुपैयाँ थियो । साझा प्रकाशनको सबैको नेपाली पुस्तक २०७२ सालमा छैटौ संस्करण प्रतिपुस्तक २ सय ४५ रुपैया थियो । कर्मचारीले नियन्त्रणमा लिएका पुस्तक छैटौं संस्करण नै छ तर मुल्य २ सय ९९ राखेर छापिएको छ । शर्माको यही नै गजबको धन्दा थियो ।
साझा प्रकाशनमा थन्काई करौडौ कमाउने खेलमा महाप्रबन्धक शर्मा लागेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । यसैबीच कितावसहित गाडी नियन्त्रणमा लिएपछि महाप्रबन्धक शर्माले नियुक्त गरेका करारका कर्मचारी र स्थायी तथा पुराना कर्मचारीबीच झडप भएको छ ।


