![]()
एजेन्सी,२२ साउन ।
विश्व कीर्तिमानी मूल्यमा ब्राजिलका स्टार फरवार्ड नेइमारलाई अनुबन्ध गरेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको यो लिगको यो सिजनको पहिलो खेलमा पिएसजीले एमियन्जलाई २–० ले हराएर विजयी सुरुवात गरेको हो । पिएसजीको जितमा एडिसन काभानी र हाबियर पास्तोरेले गोल गरे ।
बार्सिलोनाबाट २० करोड पाउण्डमा क्लब अनुबन्ध भएका नेइमार भने यो खेलमा मैदानमा थिएनन् । पिएसजीले नेइमारको अनुबन्धन सम्बन्धी कागजात समयमा पेश गर्न नसकेकाले उनी मैदानमा बाहिर रहनु परेको हो । तर नेइमार दर्शक दीर्घामा रहेर टिमको हौसला बढाएका थिए । नेइमारले खेल्न नपाए पनि खेल भएको पिएसजीको रंगशाला पार्क डेस प्रिन्सेसमा उनको भव्य स्वागत भएको थियो ।
उनले आफू नयाँ चुनौतीसहित पिएसजी आएको र क्लबलाई धेरै भन्दा धेरै उपाधि दिलाउन प्रतिबद्ध रहेको बताएका छन् । आइतबार शनिबार रातिको खेलमा हेरेका नेइमारले आफू धेरै ट्रफी जित्न लालाइत रहेको र यसमा सबैको साथको खाँचो रहेको बताए ।
६ पटकको लिग वान च्याम्पियन पिएसजी गएको सिजन भने दोस्रो भएको थियो । गएको सिजन मोनाकोले उपाधि जितेको थियो । राति नै भएको खेलमा लियोनले स्ट्रासबर्गलाई ४–० ले हरायो ।


