Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित

Loading

पाँचथर,२२ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् ।
प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।
साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यवद्धता जनाएको छ ।
१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.