Breaking News.... EverestOnlineKhabar
May 12, 2026

आगामी दुई तहको निर्वाचन प्रयोजनको लागि संयुक्त रुपमा दल दर्ता गर्न सकिने ?

Loading

काठमाडौ,१८ साउन ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सहभागी हुन संयुक्त रुपमा दल दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आयोगले सूचना निकालेर राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४५ बमोजिम दुई वा त्यो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिन भदौ ११ गतेसम्ममा संयुक्त रुपमा दल दर्ता गराउन सकिने जनाएको हो ।
संयुक्त रुपमा एकल चुनाव चिन्ह लिन दलहरुले नाम र ठेगाना, केन्द्रीय कार्यकारिणी समिति र अन्य पदाधिकारीको संख्या र दलको संगठनात्मक स्वरुप भने छुट्टाछुट्टै खुलाउनुपर्नेछ ।  संयुक्त चुनाव चिन्ह लिएका दलले चुनावमा सहभागी भाग लिन दलहरुको केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । निवेदनमा सम्बन्धित दलहरुले विधान, नियमावली र घोषापत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ । यस्तै प्रदेश सभा वा प्रतिनिधि सभाको चुनावमध्ये दुवै चुनावमा एकल चुनाव चिन्हमा सहभागी हुने कि कुनै एउटा चुनावमा मात्र संयुक्त दल दर्ता गरिने हो त्यो पनि खुलाउनुपर्नेछ ।
दलहरुले एकल चुनाव चिन्ह चुनावमा सहभागी हुन निवेदन पेस गर्दा संविधानको धारा २६५ को उपधारा ४ द्वारा निर्धारित शर्त पूरा गरेको हुनुपर्नेछ । संयुक्त रुपमा दल दर्ता गराएका दलले त्यहि चुनावको लागि छुट्टै दलको रुपमा दर्ता गराउन भने नपाउने पनि आयोगले स्पष्ट पारेको छ । यसअघिको चुनावमा चुनाव चिन्ह पाइसकेका दलले त्यहि चिन्ह लिन फेरि निवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.