Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बिदेश जाने कामदारले अब बढी शुल्क तिर्नुपर्ने

Loading

काठमाडौं । सरकारले विदेशिने कामदारसँग लिने कल्याणकारी शुल्कमा ५ सयदेखि १५ सय रुपैयाँसम्म वृद्धि गरेको छ । वैदेशिक रोजगार कल्याणकारी कोषका लागि लिइने शुल्कमा सरकारले वृद्धि गरेको हो । वैदेशिक रोजगार प्रवद्र्यन बोर्डले सोमबारबाट ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँ शुल्क लिने भएको छ ।

त्यसैगरी ३ वर्षभन्दा बढी समयका लागि जानेले २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि १ हजार मात्रै शुल्क थियो ।

अब खाडी राष्ट्र जानेले सरकारलाई १५ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । कल्याणकारी कोष विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई क्षतिपूर्ति दिन बनाइएको कोष हो । कोषमा अहिले ४ अर्ब रुपैयाँ जम्मा भएको छ ।

अब विदेशमा मृत्यु भएका कामदारका परिवार ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed