Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सरकारी अस्पतालहरुको सेवा प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन

Loading

काठमाडौं । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले सरकारी अस्पतालहरुको सेवा प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा स्वास्थ्यसचिव किरण रेग्मीसहित उच्च अधिकारीहरुसंगको छलफलका क्रममा मन्त्री पोखरेलले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री पोखरेलले अस्पतालहरुको सेवा प्रवाहका सम्बन्धमा अनुगमन गरी तुरुन्त आफूलाइ रिपोर्ट बुझाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

यस्तै ७४४ ओटै स्थानीय तहमा स्वास्थ्य संस्थाहरुको पहुँच, अस्पतालको पुर्नसंरचना, सरकारले यसअघि ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलगायतबारे भएका प्रगतिबारे पनि मन्त्री पोखरेलले चासो राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.