![]()
नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १७ मा पोथी गैंडा मृत अवस्थामा भेटिएको छ । नगरपालिकाको अमलटारीमा गैंडा मृत अवस्थामा फेला परेको हो । नारायणी नदी किनारमा गैंडा मृत भेटिएपछि स्थानीयवासीले प्रशासनलाई खबर गरेका थिए ।
गैंडा गर्भिणी अवस्थामा रहेको र मलद्वारबाट आन्द्रा निस्किएको अवस्थामा फेला परेको जनाइएको छ । गैंडाको खाग र खुर सुरक्षित रहेकाले बच्चा पाउन नसकेर मरेको हुन सक्ने अनुमान गरिएको छ ।


