Breaking News.... EverestOnlineKhabar
May 11, 2026

ग्रिनकार्डधारी पाइलटलाई मासिक १० लाख तलब दिएपछि अन्य पाइलट रुष्ट…..

Loading

काठमाडौ,१२ साउन ।
नेपाल वायु सेवा निगमका उच्च अधिकारीहरुको मिलेमतोमा विज्ञताको नाम दिएर पाईलट आङनुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएको खुलासा भएको छ । विज्ञ भन्दै नवौं तहमा वरिष्ठ क्याप्टेनका रुपमा नियुक्त गरिएका शेर्पाले अहिले आन्तरिक सेवामा रहेको १७ सिटे चिनियाँ जहाज वाई १२–ई उडाउँदै आएका छन् । उनीजस्तै यही जहाज उडाउने अन्य पाईलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ । निगम स्रोतले भन्योः‘ निगमका उच्च अधिकारीको मिलेमतोमा शेर्पालाई तलब र उडान भत्तासहित मासिक १० लाख रुपैयाँ दिनेगरी चार वर्षका लागि नियुक्त गरिएको छ,यो निगमको नीति नियमको ठाडो उल्लंघन हो ।’
विज्ञताको नाम दिएर पाइलट शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलब दिएपछि निगमका अन्य पाइलट आक्रोसित भएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.