![]()
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा भाग नलिएर राजपाले एमालेलाइ सहयोग गरेको आरोप लगाएका छन् ।
बुधवारबाट सुरु पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष यादवले राजपा नेपालले आफूलाइ एमालेको गोटीका रुपमा चित्रित गरेको भन्दै कटाक्ष गरे । उनले फोरम नेपालले चुनावमा भाग नलिएको भए गणतन्त्र र संघीयता समेत खतरामा पर्ने स्थिति आउने दावी गरेि ।
आफ्नो पार्टीले ठूलो बलिदानी दिएर संघीयता ल्याएकाले त्यसलाई कुनै पनि हालतमा समाप्त हुन नदिने उद्देश्यले निर्वाचनमा भाग लिएको उनले स्पष्ट पारे । संघीयता र गणतन्त्रका लागि लडाई तथा संघर्ष भइरहेको बेला राजपा नेपालका कतिपय नेताहरु सत्ताभोगमा लागेको उनले बताए ।
अध्यक्ष यादवले प्रमुख तीन दल २४० निर्वाचन क्षेत्र यथावत राख्दै समानुपातिक मासेर संघीयतालाई समाप्त पार्ने खेलमा लागेको आरोप समेत लगाए ।


