![]()
एजेन्सी । कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डिना वाङदेलको अमेरिकामा निधन भएको छ ।
रुघाखोकी बिग्रिएपछि वाङदेलको शल्यक्रिया गरिएको थियो । उपचाररत अवस्थामा मेनेन्जाइटिसबाट ग्रसित वाङ्देलको अचानक निधन भएको हो ।
अमेरिकाको भर्जिनिया विश्वविद्यालयले वाङदेललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो । उनी ५ वर्षदेखि कतारमा कार्यरत थिइन् । ५४ वर्षीया वाङदेल प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान थिइन् ।
डिनाकी आमा, श्रीमान् दिवाकार र दुई छोरा छन् ।


